नेपालले पाइलट विकिपीडिया शिक्षा कार्यक्रम सुरुवात गर्यो

Translate this post

नेपाली विकिपीडियाको एक महान इतिहास छ । २००२ मा, अंग्रेजी विकिपीडिया को स्थापनाको १ वर्ष पछि, नेपाली विकिपीडियाको गठन भएको हो, तर जुन रुप र रफ्तारले यात्रा अघाडि वढ्नु पर्ने हो, त्यो हुन सकेन । ११ वर्ष पछि, २०१३ मा नेपाली विकिमिडिया प्रयोगकर्ता समुहको (युजर ग्रुप) पहिचान पायो, र आधिकारिक समुहको पहिलो खुड्किलोहरुको मध्ये एक विकिमिडिया शिक्षा पाइलट कार्यक्रम नेपालमा गर्नु थियो । यो त्यति सजिलो थिएन, किनभने हामी सँग विश्वविधालयमा कुनै प्रकारको पहिलै स्थािपित सस्था थिएन तर हाम्रो पाइलट सफल भयो ।

सर्व प्रथम, हामी हाम्रो पायलट कोर्सको लागि इउटा उपयुक्त शैक्षिक साथी हेरेका थियौ । हामीले कलेज छान्न न्यूनतम संसाधनको सबैलाई स्वीकार्य हुने मापडण्ड बनायौ जस अनतर्गत व्यक्तिगत मशीन (कंप्यूटर / ल्यापटप)​​ को व्यवस्ता, इंटरनेटको उपलब्धता, बिजुली बैकअप र उपलब्ध आवश्यक समय छ । हामीले केहि शैक्षिक सस्थासँग कुरा गरेका थियौ र काठमांडौमा अंततः इस्लिंगटन कलेजलाई छान्यौँ ।

विकिपिडिया शिक्षाको यात्रा लगभग १५० विधार्थीहरुको अरिन्टेसनबाट भयो, जहाँ विकिपीडिया के हो र विकिपीडिया शिक्षा कार्यक्रमको पृष्ठभूमिमा छलफल गरेका थियौँ । हामी हाम्रो पायलट कार्यक्रममा भाग लिनको लागि एक दर्ता फार्म वितरित गरियो, र त्यो फर्म भर्नेबाट ५० जनालाई छान्यौँ । यी छानिएका ५० विधार्थीहरुलाई विकिपीडिया सँग अधिक परिचित गराउनको लागि एक तीन दिवसीय प्रशिक्षणमा सम्लग्न गरायौँ । उक्त प्रशिक्षणमा उनहरुको रुचि र प्रदर्शनको आधारमा हामीले नेपालमा पहिलो विकिपीडिया शिक्षा पायलट कार्यक्रमको लागि भनेर २५ अंतिम विधार्थीहरु छान्यौँ । हामीले चयन गरेका २५ विधार्थीहरु विकिपीडियामा लेख लेख्नकालागि १२ हप्ताको काम पूरा गर्ने मानिएको थियो ।

हामी प्रतयक हप्ता दुई वटा कक्षा (सोमवार र वुधवार)अनुसूचित गरेका थियौ । हामी विकिको मुल कुरा, विकिपिडियामा लेख लेख्न चाहिने क्षमता, र फ्रि लाईसेन्स र कपिराईटको बुझाईहरु पढाएर सुरुवात गरेका थियौँ। केहि हप्ता पछि, मुख्य कार्यको सुरुवात भयो । विधार्थीहरु समुह वा जोडिमा काम गर्न थाले, जहाँ उनिहरु कलेज नजिकको कुनै स्थान छानेर त्यसलाई शिर्षक बनाएर लेख लेख्न थाले । विधार्थीहरु आफुले रोजेको स्थानमा गएर त्यस सम्वनधित जानकारी बटुल्ने। त्यसको फोटो खिच्ने र आवश्यक अनुसन्धान गर्ने काम गरे । त्यस पछि विधार्थीहरु मिलेर लेख वनाउन थाले ।

यो तरिकाले विधार्थीहरुमा एउटा राम्रो स्तरको आत्मविश्वास दियो साथै उनीहरुलाई कसरी लेख्ने, कसरी पत्ता लगाउने, कसरी सहकार्य गर्ने भन्ने जस्ता महत्वपुर्ण कुराहरु सिकायो । यहाँ उनीहरुले नै बनाएको केहि लेखहरु छन :

दोस्रो चरणमा, शिक्षकहरु विधार्थीहरुलाई पुन: एउटा नयाँ लेख लेख्न भने तर यो पटक हरेक विधार्थीले एकलै लेख्नु पर्ने थियो । लेखको शिर्षक छान्ने तर्क भने यो पटक विधार्थीलाई जे कुरामा अनुरक्त अर्थात रुचि छ त्यही कुरामा लेख्नु पर्छ तर उक्त लेख विकिपिडियामा कुनै पनि भाषामा पहिले नै रहेको हुनुहुदैन थियो । छिट्टै नै सबैजना आफ्नो लेखमा काम गर्न थाले । १२ हप्ताको कक्षामा हरेक दिन फरक फरक शिर्षकमा अध्यापन गराइन्थयो, कहिले रिफरेन्स कसरि हाल्ने, कसरी ईन्फोबक्स राख्ने, कसरी निष्पक्षता गराउने जस्तो शिर्षकमा पढाई हुन्थ्यो । केहि उत्क्रिट लेखहरु :

तेस्रो चरणमा, सबै विधार्थीहरु सँगै काम गर्नु पर्ने थियो, हामीले सबैलाई स्वकार्य साझा रुचिको शिर्षक पशुपति छान्यौँ, विश्व सम्पदा सुचिक्रित यो क्षेत्र नेपालीहरु माझँ एकदमै प्रसिद्ध र प्रनिषि्ठित मनिन्छ । पशुपति विकाश कोषका सदस्य सचिवले आफ्नो व्यस्त समयबाट १ घण्टा निकलेर पशुपतिको ऐतिहासिक महत्व एवँ विकाश र वर्तमान अवस्थाको बारेमा जानाकारी गराउनु भयो साथमा उहाँले अरु वढी जानाकारी र रिफरेन्सको लागि आफुले प्रकासन गरेको पशुपति सम्बन्धि २ पुस्तक उपहार दिनु भयो । उक्त छलफल पछि त्यस क्षेत्रको अवलोकन र वर्णनका निमि्ति २ जाना कर्मचारी पनि उपलब्ध गराएर सहयोग गर्नु भयो । पछि सबै विधार्थीहरु मिलेर लेख पनि तयार गरे । पशुपतिनाथ मन्दिर.

केहि लेखहरु पनि यहाँ छन : विकिपीडिया शिक्षा कार्यक्रम १

अन्तयमा, १५ विधार्थीहरुले यो कक्षामा के सिके र के बनाए भन्ने कुरा प्रसतुत गरे । मान्यता स्वरुप, हामीले विधार्थीको प्राप्ताङ्क सहितको प्रमाण पत्र र एक विषेश “विकिपिडिया ड्राईभिङ्ग लाईसेन्स” प्रदान गर्यौ । यो १५० जना विधार्थीदेखि १५ जना उतक्रिष्ट विधार्थीहरु सम्मको यात्रा थियो , साथमा मैले यो पनि भन्नु पर्छ यो हाम्रो टिमको लागि पनि महत्वपुर्ण सिकाई पनि थियो ।

ईस्लिङ्टनमा विकिपिडिया शिक्षा कार्यक्रममा सहभागिहरु

गएको हप्ता, हाम्रो कलेज प्रशासन सँग एउटा समीक्षा बैठक भएको थियो । हामी परिणाममा चर्चा गर्यौ, दुई पक्षको उपलब्धि, र हामी सबै यो कार्यक्रममा कसरी सुधार गर्न सक्छौ भनेर छलफल गर्यौ । १५ जना विधार्थीहरु अन्तयसम्म हुनु राम्रो हो तर हामीले केहिलाई गुमाएको भान पनि गर्यौ र त्यसैले हाम्रो अर्को काम भनेको यसको कारण पत्ता लगाउनु हो । हामीले अर्को पटकको लागि सबै भन्दा राम्रो अवस्थालाई अनुकरण गर्ने निधो भयो र साथमा “ट्रेन द ट्रेनर” लाई पनि लागु गर्ने योजना पनि भयो । यो अभ्यास पछि हामी अरु वढी आत्मविश्वासी भएका छौ र हाम्रो सिकाईलाई आगामी प्रयोग गर्न आतुर पनि छौ ।

प्रकाश न्यौपाने विकिमिडिया शिक्षा कर्यक्रम विकिमिडिया नेपाल

Archive notice: This is an archived post from blog.wikimedia.org, which operated under different editorial and content guidelines than Diff.

Can you help us translate this article?

In order for this article to reach as many people as possible we would like your help. Can you translate this article to get the message out?