Author: Tulsi Bhagat
तुलसी भगत एक नेपाली ब्लगर, विकिमिडियन, इन्टरनेट र सामाजिक कार्यकर्ता हुन्। उहाँले २०१४ मा मैथिली भाषा विकिपिडिया सुरु गर्न मद्दत गर्नुभयो, र 'मैथिली विकिपिडियाको सह-संस्थापक' भनेर चिनिनुहुन्छ। विकिमिडिया इण्डियाले उनलाई सन् २०१६ को मे महिनाको विशेष विकिमिडियनको उपाधि दिएको छ। उनी विकिमिडिया सम्बद्ध, मैथिली विकिमिडियन्सका उप-कोषाध्यक्ष हुन्। उनले विकिक्याम्प नेपाल २०१८, नेपालमा विकी सचेतना अभियान, विकिपिडिया पेज वान्टिङ फोटो क्याम्पेन, विकी फर कोभिड-१९, विकी लभ्स फोकलोर जस्ता परियोजनाहरू आयोजना गरेका छन्। सन् २०२१ मा, विकिमिडिया फाउन्डेसनले उनलाई विकिपिडियाको २० वर्षको अवसरमा शीर्ष १८ स्वयंसेवकहरूमा समावेश गरेको थियो।